सञ्चारमन्त्री विक्रम तिमल्सिनाद्वारा पदभार ग्रहण
सञ्चारमन्त्री विक्रम तिमल्सिनाले पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
शुक्रबार शपथपछि उनी मन्त्रालय पुग्दा त्यहाँ कार्यरत कर्मचारीहरुले स्वागत गरेका थिए । उनी नुवाकोट–१ बाट निर्वाचित सांसद हुन् ।