रौतहटको राजापुर ३ मा शङ्कास्पद वस्तु फेला
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मात्र तीनदिन बाँकी रहँदा रौतहटको राजापुर नगरपालिका ३ स्थित सार्वजनिक बाटोमा शङ्कास्पद वस्तु फेला परेको छ।
भारतीय सिमानासँग जोडिएको राजापुर ३ स्थित बाटोमा खाली ड्रम भित्र तार पाइप जस्तो शङ्कास्पद वस्तु देखेर स्थानीयले आज बिहान प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालले घटनाको पुष्टि गर्दै शङ्कास्पद वस्तु बारे छानबिन भइरहेको तथा गौर पुरेनवा स्थित नारायण दल गण बाट नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल तर्फ गइसकेको बताएका छन्। घटना बारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।