नेपाल टेलिकमलाई सुदनको ज्ञापनपत्र
गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुदन गुरुङले नेपाल टेलिकमको कार्यालय पुगेर ज्ञापनपत्र बुझाएका छन् । बिहीबार आफ्नो क्षेत्रका विभिन्न ठाउँमा अझै फोनमा नेटवर्क नलाग्ने भन्दै तुरुन्त टावर निर्माण गर्न अनुरोधका साथ नेपाल टेलिकमको कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।
विभिन्न स्थानका नागरिक नेपाल दुरसञ्चारको पहुँचबाट बञ्चित भएको भन्दै टावर जडानका लागि ज्ञापनपत्र बुझाइको गुरुङले बताए । सञ्चारबाट बन्चित हुन दुर्भाग्यको विषय भएको उनले ज्ञापनपत्रमा उल्लेख गरेका छन् । आरुघाट,फिनाम,माछिखोला, सिरानचोक लगायतका ठाउँहरुमा टावर जडानका लागि उनले आग्रह गरेका छन्।