कास्कीमा करिब ६२ प्रतिशत मत खस्यो
कास्कीमा आज भएको प्रतिनिधिसभा निर्वाचनमा ६२ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार अनुमानित ६२ प्रतिशत मत खसेको हो ।
एकिन विवरण आउन केही समय लाग्ने निर्वाचन कार्यालयले जनाएको छ । ३ निर्वाचन क्षेत्र रहेको कास्कीमा ३ लाख ८ हजार मतदाता थिए ।
‘६५ प्रतिशत मत खस्ने अनुमान थियो । ६२ प्रतिशत जति मात्रै भयो,’ कार्यालय प्रमुख नारायण ढकालले रातोपाटीसँग भने, ‘एकिन विवरण आउन केही समय लाग्छ ।’