बारा –३ मा १० हजार मतगणना हुँदा रास्वपाको अग्रता
बारा ३ मा रास्वपाको अग्रता कायमै राखेको छ । रास्वपा उम्मेदवार अरबिन्द साहले ६,१३७मत ल्याउँदा नेपाली कांग्रेसका फरमुल्ला मन्सुरले १,३२३ मत ल्याएका छन् । त्यस्तै जसपा नेपालका रामबाबु यादवले १,२३७, नेकपाका भरत साहले १५० मत ल्याएका छन् ।
हालसम्म कलैया उपमहानगर वडा नं १, २,३,४ र फेटा गाउँपालिकाको ६ र ७ को मतगणना भइसकेको छ । यो क्षेत्रमा ५ वटा पालिकाको ३७ वटा रहेको छ ।