मध्यपूर्वको उडान रद्द भएपछि त्रिभुवन विमानस्थलमा यात्रु अलपत्र
मध्यपूर्वका हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा हुँदै आएका उडान रद्द भएका छन्।
सारजहा, दोहा, दुबै, कुवेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज दिउँसो र रातिका सबै उडान रद्द गरिएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए।
यात्रुलाई आफ्नो उडानका लागि विमानस्थल जानुभन्दा अगाडि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र जान विमानस्थल कार्यालयले आग्रह गरेको छ। उडान रद्द भएपछि विमानस्थलमा यात्रु अलपत्र परेका छन्। अहिले विमानस्थलमा यात्रु खचाखच भरिएका छन्।