बारा–१ मा पनि रास्वपाका धिमालको विजय निश्चित
बारा– १ मा रास्वपाका उम्मेदवार गणेश धिमाल १० हजार मतान्तरले विजय हुने निश्चित भएको छ । सो क्षेत्रमा खसेको करिब ८१ हजार मतमध्ये ६० हजार ३१८ मत गणना भइसकेको छ ।
जसमा रास्वपाका उम्मेदवार धिमालले ३२०३५,नेकपा एमाले उम्मेदवार अच्युत मैनाली १०,९१३, नेपाली कांग्रेसका उम्मेदवार शम्भु बुढाथोकीले १०,२५७, नेकपाका उम्मेदवार सन्तोष दंगालले २ हजार २१७ मत प्राप्त गरेका छन् ।
सो क्षेत्रको हालसम्म कोल्हवी, निजगढ नगरपालिका, बारागढी, आर्दशकोतवाल गाउँपालिकाको गणना भइसकेको छ । बारा–१ का निर्वाचन अधिकृत शम्भुबहादुर बस्नेतले हाल सिम्रौनगढ नगरपालिकाका केही वडाहरू मात्रै गणना हुन बाँकी रहेको र साँझ ५ बजेसम्म नतिजा सार्वजनिक हुने बताएका छन् । उनले १५ हजार मतगणना गर्न बाँकी भएको बताए ।