जेन-जी आन्दाेलन जाँचबुझ आयोगले भोलि प्रतिवेदन बुझाउने तयारी
२३ र २४ भदौको जेन-जी आन्दोलनमा भएको दमन र विध्वंसबारे जाँचबुझ गर्न गठन भएको गौरीबहादुर कार्की आयोगले भोलि आइबबार सरकारलाई प्रतिवेदन बुझाउने भएको छ ।
जाँचबुझ आयोगका एक पदाधिकारीका अनुसार प्रतिवेदनको अन्तिम तयारी भइरहेको छ भने प्रधानमन्त्रीसँग कुराकानी भइरहेको छ । प्रतिवेदनमाथि अन्तिम छलफल गर्न आयोगका पदाधिकारीहरू सिंहदरबारस्थित कार्यालयमा बैठक बसिरहेका ती पदाधिकारीले बताए । 'प्रतिवेदन लेखनका सकिए पनि रुजु गर्ने काम गरिरहेका छौं, आजै सबै सकेर बुझाउने तयारी हुन्छ ।,' आयोगका एक पदाधिकारीले भने, 'प्रधानमन्त्रीसँग समयम माग गरेका छौ । उपलब्ध भएलगत्तै बुझाउँछौं ।'
५ असोजमा सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो । आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारी सदस्य छन् । आयोगले २१ फागुनको निर्वाचनअघि नै प्रतिवेदन बुझाउने तयारी गरेको थियो । तर, सरकारले निर्वाचनमा जोखिम हुनसक्ने आँकलन गरेर म्याद थप गरेको थियो । सुरुमा ३ महिनाको म्याद दिएर गठन भएको आयोगको समय पटकपटक थप गरिएको थियो । पछिल्लोपटक थपिएको समय आइतबार सकिने भएकाले त्यसअघि नै बुझाउने तयारी गरेको आयोगका पदाधिकारीको दाबी छ ।