इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
इलाम क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । नेम्वाङले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ७ हजार ७ सय ७६ मतान्तरले पछि पार्दै विजय हासिल गरे ।
अन्तिम मतपरिणाम अनुसार नेम्वाङले २२ हजार ४२६ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचार्यले १४ हजार ६५० मत प्राप्त गरे ।
त्यस्तै श्रम संस्कृति पार्टीका सुदीप राईले १४ हजार ४०० मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुल राईले ७ हजार ८१४ मत पाए । नेपाल कम्युनिस्ट पार्टीका ओम गुरुङले १ हजार १७२ मत पाए ।