रुकुम पूर्वमा ५३.५६ प्रतिशत मत खस्यो
रुकुम पूर्वमा ५३. ५६ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत शिव प्रसाद खनालका अनुसार यहाँ १८ हजार ७६४ जनाले मतदान गरेका छन्। पुरुष ९ हजार ९९२ र महिला ८ हजार ७७२ जनाले मतदान गरेका हुन्। यहाँ एउटा मात्रै निर्वाचन क्षेत्र हो।
यहाँ पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसबाट कुसुमदेवी थापा र नेकपा (एमाले) बाट लिला मणि गौतम, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्दीप पुन उम्मेदवार छन्।