मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपालीको उद्धार
मानव तस्करको प्रलोभनमा परेर विभिन्न माध्यमबाट कम्बोडिया पुगेर त्यहाँको अवैध स्क्यामिङ केन्द्र, क्यासिनोहरूमा गैरकानुनी काम गरिरहेका १६ जना नेपालीको उद्धार गरिएको छ ।
थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी कम्बोडिया सरकार र गैरआवसीय नेपाली संघको सहयोगमा उनीहरूलाई बिहीबार नेपाल फर्काइएको जनाएको छ ।
अलपत्र परेका वा कठिन परिस्थितमा रहेका अन्य नेपालीलाई स्वदेश फर्काउन पहल भइरहेको दूतावासले जनाएको छ ।