ओलीको गिरफ्तारी विरुद्ध बुटवलमा पनि एमाले कार्यकर्ताहरुकाे प्रदर्शन
नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारी विरुद्ध बुटवलमा पनि प्रदर्शन गरेको छ। अहिले बुटवलमा एमाले कार्यकर्ताहरू ओलीको रिहाइको माग गर्दै सडकमा निस्किएका हुन् । बुटवलको मिलनचोकमा उनीहरुले प्रदर्शन गरेका छन् ।
शनिबार बिहान ओली गुण्डुस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए । त्यस लगत्तै बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सरकारको कदमको विरोध गर्दै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो।