कैलाली–२ मा कांग्रेसका स्वाँरको सुरुवाती अग्रता
कैलालीको निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता बनाएको छ । सुरुवाती मतपरिणाम अनुसार नेपाली कांग्रेसका विजय बहादुर स्वाँरले ६६ मत पाएका छन् । नेकपा एमालेका सुर्य बहादुर थापाले ४३ र राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनालले २५ मत ल्याएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका नन्द बहादुर साउँदले ३४ मत ल्याएका छन् । नेशनल रिपब्लिक नेपालका दल बहादुर बुचमगरले १२ मत पाएका छन् । मतगणना जारी छ ।