गोरखा- १ मा सुदन ७७२ मतले अघि
प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा १मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुधन गुरुङले अग्रता कायम गरेका छन् । गुरुङले हालसम्म ७ हजार ६८ मत प्राप्त गरेका छन् ।
उनलाई कांग्रेसका प्रेम कुमार खत्रीले ६हजार २९६ मतसहित पछ्याइरहेका छन् । उनीहरुबीच ७७२ मतान्तर छ । नेकपाका हरिराज अधिकारीले २ हजार ९३४, एमालेका रामचन्द्र लामिछानेले १४ सय ५० मत प्राप्त गरेका छन् ।