सभापति लामिछानेको निर्देशनपछि रास्वपाको सचिवालय बैठक भोलिलाई सारियो
राष्ट्रिय स्वतन्त्र पार्टीको आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार पार्टी सचिवालयको बैठक भोलि बस्ने तय भएको प्रवक्ता मनिष झाले बताए। बैठक भोलि बिहान १० बजे पार्टी पार्टी कार्यालय वनस्थलीमा बस्नेछ।
बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिसलगायत पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्नेछ। बैठकमा वरिष्ठ नेता बालेन शाह नेतृत्वमा सरकार गठन प्रक्रियाबारे पनि छलफल हुने जनाइएको छ।