धनुषामा शंकास्पद वस्तु विस्फोट
मधेश प्रदेश अन्तर्गत धनुषामा पर्ने मिथिला नगरपालिका–९ बडहरीमा शंकास्पद वस्तु विस्फोट भएको छ। सुरक्षा स्रोतका अनुसार घटनास्थलबाट प्रारम्भिक रूपमा बमजस्तै ठूलो आवाज आएको छ।
विस्फोट के कारणले भएको हो भन्ने विषयमा भने अझै आधिकारिक पुष्टि भएको छैन। घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ।
सुरक्षा निकायले क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ। शंकास्पद वस्तुको प्रकृति र क्षतिको विवरण आउन बाँकी रहेको छ।