सुनसरी–१ मा हर्क साम्पाङको अग्रता
सुनसरी क्षेत्र नम्बर १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले आफ्नो मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
साम्पाङले पछिल्लो मतपरिणाम अनुसार १२ हजार ६८३ मत ल्याएका छन् । उनलाई रास्वपाकी गोमा तामाङले पछ्याइरहेकी छिन् । उनले ८ हजार ४९८ मत ल्याएकी छिन् ।
सो क्षेत्रबाट तेस्रो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्यबहादुर भट्टराईले २ हजार ८०, एमालेका टिका राम लिम्बूले १ हजार ८४२ र कांग्रेसका सुजेन्द्र तामाङले १ हजार ३८९ मत ल्याएका छन् ।