भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राईको अग्रता
प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत भोजपुरको मतगणनामा जारी छ। ताजा मत परिणाम अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राईले अग्रता कायम गरेका छन्। उनले १३,४५५ मत प्राप्त गरेका छन्।
उनलाई नेकपा एमालेका प्रभावशाली नेता शेरधन राईले पछ्याइरहेका छन्। एमाले उम्मेदवार शेरधन राईले १२,०५१ मत प्राप्त गरेका छन्। यसैगरी नेपाली कांग्रेसका उम्मेदवार वालकृष्ण थापा ७,६६० मतका साथ तेस्रो स्थानमा रहेका छन् ।