भक्तपुर–२ : रास्वपाका राजीव खत्रीको अग्रता, महेश दोस्रो
भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा रास्वपाका उम्मेदवार राजीव खत्रीले अग्रता कायमै राखेका छन् । सार्वजनिक पछिल्लो मतगणनाअनुसार रास्वपाका राजीव खत्रीले ३ हजार ६० मत ल्याउँदा एमालेका महेश बस्नेतले १ हजार ५७३ मतसहित पछ्याइरहेका छन् ।
त्यस्तै कांग्रेसका कबीर राना ४८४ मतसहित तेस्रो स्थानमा छन् । नेमकिपाका रमेश वैद्यको १६१ मत आउँदा उज्यालो नेपाल पार्टीका जितराम लामाले ५५ मत र राप्रपाका विक्रम थापाले ७३ मत ल्याएका छन् ।