झापा ५ मा बालेनले कटाए १० हजार मत
झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाहले अहिलेसम्म १० हजार ४ सय ६६ मत ल्याएका छन्।
नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले २२०५ मत ल्याएका छन्। कांग्रेसकी मंधरा चिमरियाले २९७ र नेकपा उम्मेदवार रन्जित तामाङले ३१८ मत ल्याएका छन्। श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङले १३५७ मत ल्याएका छन्। मतगणना जारी छ।