बैतडीमा ३ बजेसम्म ५६ हजारले गरे मतदान
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बैतडीमा दिउँसो ३ बजेसम्म ५६ हजार ५ जनाले मतदान गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार २५ हजार ८८ पुरुष र ३० हजार ११६ महिलाले मतदान गरेका हुन् । कार्यलयका अनुसार हालसम्म ३५.८२ प्रतिशत मत खसेको छ । यहाँ १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन् ।