नेपाली औषधि उद्योगको विकासका लागि नेपाल र भारतबीच सहकार्य हुने
नेपाली औषधि उद्योगको विकास, प्राविधिक सुधार र व्यापार प्रवर्द्धनका लागि नेपाल र भारतका निकायबीच द्विपक्षीय सहमति भएको छ ।
नेपाल फर्मा एक्स्पो २०८२ को अवसरमा नेपाल औषधि उद्योग र भारतकाे इन्जिनियरिङ निर्यात प्रवर्द्धन परिषद् (ईईपीसी)बीच यस्तो सहमति भएको हो ।
सहमतिअनुसार दुवै पक्षले नेपाली औषधि उद्योगलाई व्यावहारिक, सामाजिक र प्राविधिक रूपमा सबल बनाउन सहकार्य गर्ने औषधि उत्पादक संघका महासचिव सन्तोष बरालले बताए ।
उनले भने, ‘यो सहकार्यले नेपाली औषधि उत्पादकहरूलाई अन्तर्राष्ट्रियस्तरको प्रविधिमा पहुँच पुर्याउन र स्वदेशी उद्योगको क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने छ भन्ने विश्वास छ ।’
साथै औषधि उत्पादनको क्षेत्रमा भित्रिएका नयाँ प्रविधि र व्यावसायिक सीप आदानप्रदान गर्नुका साथै दुवै देशका प्रतिनिधिहरूबीच नियमित सेमिनार तथा गोष्ठीहरू समेत हुनेछ ।
महासचिव बरालका अनुसार सम्झौतामा औषधि उद्योगको विकासका लागि औद्योगिक भ्रमण र व्यापार व्यवसायलाई थप विस्तार गर्न एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ ।