रुपन्देही–४ मा रास्वपाका कन्हैया बनिया विजयी
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कन्हैया बनिया विजयी भएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार रास्वपाका बनियाले आफ्ना प्रतिस्पर्धी एमालेका यादवलाई ७ हजार ८ सय ४ मतान्तरले पराजित गर्दै जित हात पारेका हुन् ।
बनियाले २८ हजार ६६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का प्रमोद कुमार यादवले २० हजार २ सय ६२ मत प्राप्त गरे । त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्र १५ हजार ६ सय १३ मत प्राप्त गरेका छन् ।