सिन्धुलीमा नेकपाका दाहालको करिब दोब्बर मतको अग्रता
सिन्धुली क्षेत्र नम्बर–२ मा नेकपा उम्मेदवार दाहाल (राजन)लाई करिब दोब्बर मतको अग्रता प्राप्त भएको छ । बिहीबार सम्पन्न निर्वाचनको हालसम्म गणना भएको सिन्धुली–२ को मतमध्ये दाहालले ११ हजार बढी मत पाएका हुन् ।
दाहालले हाल ४ हजार ७५५ मतको अग्रता कायम गरेका छन् । हालसम्म सिन्धुली–२ तर्फको मरिण, सुनकोशी, घ्याङलेख गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाको वडाको मतगणना गर्दा दाहाललाई ११ हजार ५७२ मत प्राप्त भएको छ भने उनलाई रास्वपाका आशिष गजुरेल ६ हजार ७८७ मतसहित पछ्याइ रहेका छन् ।
एमाले उम्मेदवार मनोजजंग थापाले ६ हजार ४८१ मत ल्याउँदा कांग्रेसकी सुशीला थिङले ४ हजार ५४२ मत पाएकी छिन् ।