नुवाकोट-१ मा कांग्रेसका प्रकाशशरण महतले लिए अग्रता
पछिल्लो मत अपडेटअनुसार महतले सात हजार ६२६ मत ल्याएर अग्रता कायम गरेका छन् । यसअघि यो क्षेत्रमा अग्रता लिइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार विक्रम तिमिल्सिनाले ७ हजार ४३ मत ल्याएर दोस्रो स्थानमा झरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का हितबहादुर तामाङ ५ हजार ७३७ मतका साथ तेस्रो स्थानमा रहँदा नेकपा एमालेका बद्री मैनाली तीन हजार ४०४ मतसहित चौथो स्थानमा छन् । यस्तै उज्यालो नेपाल पार्टीका अमित तामाङले एक हजार २५४ मत पाएका छन् ।