संखुवासभामा एमालेका कार्की निर्वाचित
संखुवासभामा एमालेका उम्मेदवार अर्जुनकुमार कार्की निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिङमा शेर्पालाई पराजित गर्दै कार्की निर्वाचित भएका हुन् ।
मतगणना अनुसार कार्कीले १५ हजार ६३६ मत ल्याएका छन् । उनका निकटम प्रतिद्धन्द्धी शेर्पाले १५ हजार मत ल्याएका छन् । त्यसैगरी, कांग्रेसका उम्मेदवार दिपनकुमार श्रेष्ठले १३ हजार २७१ मत पाएका छन् ।
संखुवासभामा श्रम संस्कृति पार्टी पनि निकै बलियो देखिएको छ । श्रम संस्कृति पार्टीकी उम्मेदवार उमाकुमारी राईले ९ हजार ८५७ मत र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार सरिता थापाले २ हजार ८१२ मत ल्याएकी छिन् ।
कार्की अमेरिकाका लागि राजदूत भइसकेका एमाले नेता हुन् । लामो समय एनजिओ क्षेत्रमा काम गरेका कार्की कूटनीतिको अलवा आर्थिक विकासको क्षेत्रमा अनुभव भएका व्यक्ति हुन् ।