डोटीमा माटोको ढिस्कोले पुरिएर एक किशोरीको मृत्यु
डोटीमा माटोको ढिस्कोले पुरिएर एक किशोरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सायल गाउँपालिका–२ ग्वानीकी १६ वर्षीया एलिना सिंहको मृत्यु भएको हो। घर पोत्ने माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्थानीयवासीको सहयोगमा उनलाई ढिस्कोबाट बाहिर निकालिए पनि घटनास्थलमै मृत अवस्थामा फेला पारिएको थियो। घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।