बूढानीलकण्ठमा एक जना मृत फेला
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बालुवाखानी नगर अस्पताल नजिकै झ्याङभित्र एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार हालसम्म नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका हुन्।
‘बूढानीलकण्ठ–१० कपन बालुवाखानी नगर अस्पताल नजिक झ्याङमा आइतबार ती पुरुष मृतावस्थामा फेला परेका हुन्। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ,’ काफ्लेले बताए।