रुपन्देही–३ मा रास्वपाका लेखजंगको भारी अग्रता
रुपन्देही क्षेत्र नं ३ मा रास्वपा उम्मेदवार डा. लेखजंग थापाको जित निश्चित भएको छ । २४ हजार मत गन्न बांकी रहँदा थापाले निकटतम प्रतिस्पर्धी भन्दा ३८ हजार ७८४ मतले अग्रता लिएको हुँदा जित निश्चित भएको हो ।
७० हजार ६०९ मत गणना हुँदा रास्वपाका थापाले ४४ हजार ९०७ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङले ६१२३ मत पाएका छन् ।
नेकपा एमालेका बासुदेव घिमिरेले ५९११,राप्रपाका गौरव बोहराले ५९०५ र नेकपाका फैज अहम्मद खाँले १७७२ मत पाएका सहायक निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिए ।