सिन्धुली–१ मा रास्वपाका धनेन्द्र कार्कीको अग्रता
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली –१ मा एमाले र रास्वपा उम्मेदवारबिच कडा प्रतिस्पर्धा देखिएको छ । हालसम्म गणना गरिएको मतमध्ये रास्वपाका उम्मेदवार धनेन्द्र कार्कीले अग्रता बनाएका छन् ।
रास्वपाका उम्मेदवार कार्कीले १५ हजार ३५५ मत पाएका छन् । उनलाई एमालेका प्रदीप कटुवालले १५ हजार २३० मतले पछ्याइरहेका छन् । कांग्रेसका उम्मेदवार उज्ज्वल बरालले १४ हजार ४५१ मत पाउँदा नेकपाका डेकेन्द्रप्रसाद सुवेदीले ४ हजार ५३२ मत पाएका छन् ।