उदयपुरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु
मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका–६ नेपालटारमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा खोटाङको बराहपोखरी गाउँपालिका–५ का ३० वर्षीय भूपाल राईको मृत्यु भएको हो ।
गाईघाटबाट कटारीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५ प ८६०० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा४ख १४०९ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।
घाइते राईलाई दुर्घटनास्थलबाट तत्काल उद्धार गरी जिल्ला अस्पताल गाईघाट पुर्याइएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंले बताए ।
दुर्घटनापछि सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको र फरार रहेका टिपर चालकको खोजी भइरहेको बताइएको छ।