महोत्तरी– १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका महतोको फराकिलो अग्रता कायमै
महोत्तरी– १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोदकुमार महतोको अग्रता कायमै रहेको छ । महतोले ७३१५ मत प्राप्त गर्दा नेकपाका गिरिराजमणि पोखरेलले ३०१८ मत प्राप्त गरेका छन् ।
एमालेका लक्ष्मी महतो कोइरीले २३९१ मत ल्याएका छन् भने कांग्रेसका उम्मेदवारले ११७५ मत प्राप्त गरेका छन् ।