बाँकेमा फेला परेको शङ्कास्पद बस्तु डिस्पोज
बाँकेको कोहलपुर नगरपालिका–४ बेलनपुरवास्थित चौधरिया गाउँमा जाने सडकमा फेला परेको शङ्कास्पद बस्तु डिस्पोज पारिएको छ ।
गएराति मुख्य सडकबाट ६ किलोमिटर भित्र शङ्कास्पद बस्तु भेटिएको र सो बस्तुलाई सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको बाँकेका एसपी अङ्गुर जिसीले रातोपाटीलाई बताए ।
निर्वाचन बिथोल्ने समूहले नहरको पुलमाथि प्लास्टिकले बेरेर कुकरमा अन्यवस्तु हालेर राखेका हुन् । बिहीबार बाँकेको ३ वटा निर्वाचन क्षेत्रका १३९ वटा मतदान स्थलमा शान्तिपूर्ण तरिकाले मतदान सुरु भएको एसपी जिसीले जानकारी दिए ।