मोरङमा ५२ प्रतिशत मतदान
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ जिल्लामा अपराह्न ४ बजेसम्म ५१.९४ प्रतिशत मतदान भएको छ ।
जिल्ला प्रहरी कार्यालय (जिप्रका) मोरङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा गरी कुल ४ लाख ६ हजार ७ सय १५ मत खसेको छ ।
मोरङमा कुल ७ लाख ३५ हजार ५० मतदाता रहेका छन् । खसेको कुल मतमध्ये महिलाको संख्या पुरुषको तुलनामा बढी देखिएको छ । तथ्याङ्क अनुसार २ लाख ९ हजार ४९ महिला, १ लाख ९७ हजार ६ सय ६६ पुरुष र २ अन्य मतदाताले मतदान गरेका छन् ।