दोलखाको तामाकोशीबाट पक्राउ परेका ८ जना रिहा
दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर माबि मतदान स्थलबाट पक्राउ परेका ८ जना रिहा भएका छन् ।
बिहीबार बिहान मतदान सुरु भएपछि विवाद हुँदा ८ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकाहरूलाई रिहा गरिएको बागमती प्रदेशका डीआईजी दीपक रेग्मीले बताए । ३ सय मत खसेपछि मतदानस्थलमा खटिएका कर्मचारीलाई एउटा समूहले हातपात गर्न खोजेपछि विवाद सुरु भएको थियो ।