सर्लाही–४ मा अमरेश सिंह ८ हजारभन्दा बढी मतले अगाडि, गगन थापा पछि
सर्लाही– ४ मा कांग्रेस सभापति गगन थापा रास्वपाका अमरेशकुमार सिंहसँग ८ हजार १ सय मतले पछि परेका छन् ।
अमरेशले १९ हजार २१३ मत ल्याउँदा गगनले ११ हजार ११३ मत ल्याएका छन् । सुरुवातदेखि गगन अमरेशसँग पछि पर्दै आएका थिए । रास्वपाको पक्षमा देखिएको लहर सर्लाहीमा पनि देखिँदा गगन हारको नजिक पुगेका छन् ।