डोटीमा एमाले शीर्ष स्थानमा
डोटीमा नेकपा एमालेले अग्रता कायमै राखेको छ । बिहीबार भएको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका दीपक बहादुर धामीले ५४९ मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का त्रिलोचन भट्टले ५३९ मत पाएका छन् ।
नेपाली कांग्रेसका भरत बहादुर खड्काले २९८ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नरेन्द्र बहादुर खडकाले १५९ मत ल्याएका छन् ।