५ लाख रकमसहित एक युवक पक्राउ
प्रहरीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–३ बाट स्रोत नखुलेको नगद सहित एकजना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका–२ श्रीपुर बस्दै आएका २५ वर्षीय विजय कुमार साह छन् । शनिबार दिउँसो पक्राउ परेका आरोपीको साथबाट ५ लाख रूपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरीले बरियारपट्टीबाट धनगढीतर्फ जाँदै गरेको स.७ प ८२९५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो । उनीमाथी जिल्ला प्रहरी कार्यालय सिरहाले अनुसन्धान गरिरहेको छ।