नेकपाका केन्द्रीय सदस्य विनोद पहाडी एमाले प्रवेश
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य विनोद पहाडी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनलाई एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा , नेता लीला गिरीले पार्टीमा स्वागत गरेका छन् । उनी राष्ट्रिय दलित पत्रकार महासङ्घका अध्यक्ष हुन् ।
एमाले प्रवेश गर्दै पहाडीले राष्ट्रिय स्वाभिमानमा एमालेको दृढतालाई आधार मानेर रोजेको बताए । उनले एमालेमाथि भएको घेराबन्दी र आक्रमण लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण भएको बताए ।
पहाडीले कुनै लोभमा र लहडमा नभएर विचारका आधारमा एमाले रोजेको जनाए । उनीसँगै नेकपा रुपन्देहीका सदस्य सरोज गौतम र नगर सदस्य जनक गौतम पनि एमाले प्रवेश गरेका छन् ।