एमाले विगुका उपाध्यक्ष श्रेष्ठसहितको टोली कांग्रेसमा प्रवेश
नेकपा (एमाले) विगु गाउँपालिकाका उपाध्यक्ष शेषनारायण श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश गरेको छ। विगु गाउँपालिका-१ मा आयोजित वडा सभा कार्यक्रममा एमाले र माओवादी परित्याग गरी दर्जनौँ नेता-कार्यकर्ता कांग्रेसमा समाहित भएका हुन्।
एमाले छोड्नेहरूमा उपाध्यक्ष श्रेष्ठसहित वडा नं. १ का सचिव चाहाना मगर, उपसचिव सूर्यनारायण श्रेष्ठ, प्रकाश थापा मगर, कुमारी तामाङ, लालमान तामाङ, सीतादेवी श्रेष्ठ र वडा नं.२ की पार्वती जीसी रहेका छन्।
त्यस्तै एमाले पालिका कमिटी सदस्यहरू बिन्दु तामाङ, गाइने ठकुरी, पार्वती ठकुरी र रत्नविक्रम थापा मगर पनि कांग्रेसमा प्रवेश गरेका छन्।
नेकपा परित्याग गरी साङछिरी तामाङ, कुमार विक, रन्जिमाया तामाङ, पदममाया तामाङ, काले तामाङ र मन्जु नेपाली पनि कांग्रेसमा गएका छन्।
पार्टी प्रवेश गर्दै उपाध्यक्ष श्रेष्ठले कांग्रेस बदलिएर आएको आफूले यो निर्णय लिएको बताए । नवप्रवेशीहरूले कांग्रेसको विकासप्रतिको स्पष्ट भिजन र लोकतन्त्र रक्षाका लागि युवा नेतृत्वको आवश्यकता महसुस गर्दै पार्टी परिवर्तन गरेको उल्लेख गरे।
नवप्रवेशीहरूलाई प्रतिनिधि सभा उम्मेदवार अजयबाबु शिवाकोटी र समानुपातिक उम्मेदवार छिरिङ डोल्मा शेर्पाले खादा लगाएर स्वागत गरेका थिए ।