राप्रपाले दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न सरकारसँग माग
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न सरकारसँग आग्रह गरेको छ।
शनिबार जारी विज्ञप्ति मार्फत राप्रपाले प्रसाईंलाई पटकपटक पक्राउ गर्नु दुःख दिने, फरक मान्यतालाई दबाउने र निरुत्साहित गर्ने नियत भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विज्ञप्तिमा भनेका छन्, “राज्यले एउटा व्यक्तिमाथि प्रतिशोध साँध्नु अनुचित मात्र होइन, नागरिकले स्वतन्त्रतापूर्वक हिड्न, बोल्न, लेख्न र शान्तिपूर्ण विरोध गर्न पाउने संविधान प्रदत्त अधिकारको कुण्ठित समेत गरेको छ।”
राप्रपाले प्रसाईंलाई बिना शर्त र तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ।