प्युठानमा रास्वपाको चुनावी सभामा हिंडेको पिक अप भ्यान दुर्घटना
राष्टिय स्वतन्त्र पार्टीको चुनावी प्रचारमा प्रयोग भएको गाडी दुर्घटना हुँदा प्यूठानमा चार जना घाइते भएका छन् । प्यूठान नगरपालिका बाग्दुला नजिकै दुर्घटना भएको हो ।
लु १ च ७७६९ नम्बरको जिपले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
घाइते हुनेहरूमा मोटरसाइकल चालक प्यूठान नगरपालिका–५ जुम्रीकाँडाका २० वर्षीय जीवन बिश्वकर्मा र मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २१ वर्षीय रेशम खड्का रहेका छन् ।
दुर्घटनामा स्कुटर चालक लमही नगरपालिका–६ देउपुर दाङ बस्ने वर्ष २६ का दिपक पोख्रेल र स्कुटरमा सवार पोख्रेलकी श्रीमती वर्ष २५ कि सुजता भण्डारी घाईते भएका हुन् ।