माछापुच्छ्रे बैंकका सञ्चालक अनिश साहले दिए राजीनामा
काठमाडौं । माछापुच्छ्रे बैंकका एक सञ्चालकले राजीनामा दिएका छन् । बैंकको संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक अनिश साहले सञ्चालक पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा सञ्चालक समितिको बैठकले स्वीकृत समेत गरिसकेको कम्पनी सचिव सुभाष जमरकटेलले जानकारी दिए ।
यसैबीच बैंकको सञ्चालक समितिले एक स्वतन्त्र सञ्चालक समेत नियुक्त गरेको छ । लेखा व्यवसायी अर्जुन कुमार गौतमलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको जमरकटेलले जानकारी दिए ।