भैरहवामा शनिबार गर्ने भनिएको रास्वपा चुनावी सभा स्थगित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीको भैरहवामा फागुन ९ गते गर्ने भनिएको चुनावी सभा स्थगित भएको छ ।
रास्वपा लुम्बिनी प्रदेश उपाध्यक्ष सालिक राम घिमिरेले भोलि भैरहवामा गर्ने भनिएको कार्यक्रम केन्द्रको निर्देशन अनुसार स्थगित गरिएको बताए ।
उनले भने– केन्द्रबाट रोक्न निर्देशन आएको छ । विशेष कारणले कार्यक्रम रोक्न भनिएको छ, अरू खुलाएको छैन ।
रास्वपाले भोलि भैरहवामा चुनावी सभाको तयारी व्यापक गरिएको थियो । कार्यक्रमलाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने तयारी थियो ।