जिल्ला सभापतिमार्फत गगन थापाले खोजे निवर्तमान सभापति शेरबहादुर देउवाको साथ
नेपाली कांग्रेसले फागुन २१ मा हुने चुनाव केन्द्रित हुन ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई सम्बोधन गर्दै परिपत्र जारी गरेको छ । विशेष महाधिवेशनमा भएका हार जितको कुरा नगरी चुनावमा केन्द्रित हुन परिपत्रमार्फत आग्रह गरिएको छ ।
अहिलेको राजनीतिक परिस्थितिमा कांग्रेसलाई अघि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको साथ रहने विश्वास गरिएको महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेद्वारा जारी परिपत्रमा उल्लेख छ ।
विगतमा भएका कमजोरीलाई आत्मालोचना गर्दै समीक्षा गरिएको भन्दै आजसम्मका उपलब्धिलाई समयको पदचापअनुसार संस्थागत गर्ने संकल्प पार्टीले गरेको सन्देश परिपत्रमार्फत दिइएको छ ।