उज्यालो नेपाल र मितेरी पार्टीका उम्मेदवार नै कांग्रेस प्रवेश
उज्यालो नेपाल र मितेरी पार्टीबाट प्रतिनिधि सभा निर्वाचनका लागि डोल्पामा उम्मेदवारी गर्दा गराएका उम्मेदवार नै कांग्रेस प्रवेश गरेका छन्।
उज्यालो नेपालका उम्मेदवार दिलबहादुर विष्ट र मितेरी पार्टीकी उम्मेदवार जुनु भण्डारी कांग्रेस प्रवेश गरेको प्रवक्ता देवराज चालिसेले बताए।
कांग्रेसका उम्मेदवारलाई समर्थन गरेर दुई पार्टीका उम्मेदवार पार्टीमा प्रवेश गरेको उनले बताए। उनले विशेष महाधिवेशनपछि पार्टीमा धेरै नयाँ ऊर्जा थपिएको बताए।
उनले भने, ‘नयाँ नेतृत्व आएपछि फेरि पार्टीमा सक्रिय हुने उत्प्रेरणा यसले जगाएको छ । र पुराना साथीहरू जोडिने क्रम एकदम बढेको छ । यही केन्द्रीय कार्यालयमा पनि पुराना९पुराना साथीहरूलाई हामी प्रवेश गराएका छौँ।’