रुपन्देहीमा मोटरसाइकल दुर्घटना: २ जनाको मृत्यु
भैरहवा, २९ मंसिर — रुपन्देहीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार आज बिहान करिब ६ बजे भैरहवा-परासी सडकखण्डमा रोहिणी गाउँपालिका–३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको थियो।
दुर्घटनामा ओमसतिया गाउँपालिका–३ का २१ वर्षीय राजु हरिजन र सोही ठाउँ बस्ने २३ वर्षीय रोहित यादव घाइते भएका थिए। दुवै जनालाई तत्काल भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा पुर्याइए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।
प्रहरीले दुर्घटनाग्रस्त ट्रक र चालकलाई नियन्त्रणमा लिइसकेको छ भने थप अनुसन्धान जारी रहेको छ।