एमाले ११ औँ महाधिवेशनमा ४१५ मत खसेको रिपोर्ट
काठमाडौँ । नेकपा (एमाले) को ११ औँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा हालसम्म ४१५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा भइरहेको निर्वाचनमा २२६३ जना मतदाता रहेको जानकारी छ।
एमाले नेता सानुराज पोखरेलका अनुसार बिहानको तुलनामा मतदान सुस्त रूपमा भइरहेको छ। निर्वाचन स्थल भित्र प्रतिनिधिहरूले आफ्नो मत हालिरहेका छन् भने बाहिर नेता कार्यकर्ताहरूले आ–आफ्नो पक्षमा मत माग्दै प्रचार–प्रसार गरिरहेका छन्।