धरानमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ, लाखौँ रुपैयाँ बरामद
काठमाडौं, २९ मंसिर — धरानबाट जुवा खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन्।
धरान उपमहानगरपालिका–१३ शिवधारास्थित ४३ वर्षीय रविकुमार राईको घरमा गए राति जुवा (कौडा) खेलिरहेको अवस्थामा रवि र अन्य सात जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूको साथबाट कुल ३ लाख ९४ हजार ७ सय ५ रूपैयाँ नगद र १५ थान कौडा बरामद भएको छ। प्रहरीले घटनासँग सम्बन्धित थप विवरण संकलन गर्दै आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।