तनहुँमा मादी नदी किनारमा महिलाको शव फेला, अनुसन्धान जारी
तनहुँ, २९ मंसिर — व्यास नगरपालिका–५ माथिल्लो पाटनस्थित मादी नदीको किनारमा सोमबार बिहान एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार शव पानीमा कोल्टो परेको अवस्थामा भेटिएको थियो। मृतकको नामथर र वतन हालसम्म खुल्न सकेको छैन। अनुमानित उमेर ४०–४५ वर्षको महिलाको शव फेला परेको छ।
स्थानीयवासीको खबरपछि प्रहरी निरीक्षक शिवप्रसाद पाठकको नेतृत्वमा खटिएको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ।